PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

हात्तीले दुःख दिन थालेपछि मोरङको उर्लाबारीका बासिन्दा रातभर जाग्राम बस्न बाध्य, सुरक्षाको माग



पहिलोपोस्ट

हात्तीले दुःख दिन थालेपछि मोरङको उर्लाबारीका बासिन्दा रातभर जाग्राम बस्न बाध्य, सुरक्षाको माग

मोरङ : मोरङको उर्लाबारी, मिक्लाजुङ, सुन्दरहरैँचा र बेलबारी क्षेत्रमा जंगली हात्तीले दुःख दिन थालेपछि स्थानीयबासी रातभर जाग्राम बस्न बाध्य भएका छन्। 

केही दिनयता हात्ती गाउँ पसेर वितण्डा मच्चाउन थालेपछि सो क्षेत्रका बासिन्दा आतंकित बनेका हुन्। केहीदिनअघि मात्रै बस्तीमा पसेको हात्तीले घर भत्काइदिएपछि त्रासका साथ रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उर्लाबारी–१ का कृष्णप्रसाद पोख्रेलले बताए। 

आहाराका लागि बस्ती पस्ने गरेको हात्तीले उर्लाबारी र मिक्लाजुङ क्षेत्रका बस्तीमा रातभर वितण्डा मच्चाउने गरेको छ। यस्तै सुन्दरहरैँचा नगरपालिका ५, ६, ७, ८, ९, १०, ११ र १२ र बेलबारी नगरपालिका १, २, ३, ४, ८, ९, १० र ११ का बासिन्दा हात्तीबाट सबैभन्दा बढी पीडित बनिरहेका छन्। 

यी क्षेत्रमा वर्षेनी हात्तीले घर भत्काउने, मान्छेलाई आक्रमण गर्ने, बालीनाली नष्ट गर्ने, घरका खाद्यान्न खाइदिनेलगायतका वितण्डा मच्चाउँदै आएको छ। 

केराबारीको जंगल हुँदै हात्ती आउने गरेको स्थानीयबासीले बताएका छन्।तीनदिनयता सुन्दरहरैँचा नगरपालिका–७ का पूर्णकुमार दर्जी, विजय चापागाई, कृष्णप्रसाद भट्टराई र तुलसी सुवेदीको घरमा हात्तीले क्षति पुर्याएको छ। 

हात्तीले मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको पश्चिमतर्फको पर्खाल पनि भत्काइदिएको छ। स्थानीय बासिन्दाले हात्तीले वर्षेनी दुःख दिने गरेको गुनासो गर्दै सुरक्षाका लागि नेपाल प्रहरीको विपद् व्यवस्थापनसम्बन्धी क्षेत्रीय गुल्म स्थापनाको माग गरेका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell