PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

इपीएल : कृष्ण कार्कीले अन्तिम बलमा चौका प्रहार गरेपछि भैरहवाको लगातार दोस्रो जित



पहिलोपोस्ट

इपीएल : कृष्ण कार्कीले अन्तिम बलमा चौका प्रहार गरेपछि भैरहवाको लगातार दोस्रो जित

काठमाडौं : पुनित विष्टको अर्धशतक तथा रोहित कुमार पौडेलको विष्फोटक ब्याटिङको मद्दतमा भैरहवा ग्लाडिएटर्सले इपीएलमा लगातार दोस्रो जित हासिल गरेको छ।

बिहीबार भएको खेलमा भैरहवाले ललितपुर प्याट्रिओट्सलाई ४ विकेटले पराजित गरेको हो। १४२ रनको लक्ष्य भैरहवाले ६ विकेट गुमाएर अन्तिम बलमा पूरा गरेको हो।

भैरहवाको जितमा पुनित विष्टले ५० रन बनाए। यस्तै सातौँ नम्वरमा ब्याटिङ गरेका रोहितले ११ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३१ रनको योगदान गरे। रोहितलाई अन्तिम बल अगाडी मेहबुब आलमले रनआउट गरे।

यस्तै आरिफ शेखले २२ बलमा नटआउट २७ रन जोडे। भैरहवाका लागि कृष्ण कार्कीले अन्तिम बलमा विजयी चौका प्रहार गरे। 

ललितपुरका लागि योगेश नागरले २ विकेट लिए।

योगेशकै अर्धशतक मद्दतमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुर प्याट्रिओट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमांएर १४१ रन बनाएको थियो। भारतीय खेलाडी योगेश नागरले ३३ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतमा ५४ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्ले २९ बलमा ४२ रनको योगदान गरे। मल्ले २ चौका र ३ छक्का प्रहार गरे। जयकिसन कोल्सवालाले १९ बलमा १४ रन बनाए।

बलिङमा भैरहवा ग्लाडिएटर्सका दिपेश श्रेष्ठले ३ तथा आरिफ शेख र पुनित बिस्टले २-२ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell