PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

कक्षा ११ को परीक्षाफल पुस तेस्रो सातासम्म प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी, सम्परीक्षणको काम हुँदै



पहिलोपोस्ट

कक्षा ११ को परीक्षाफल पुस तेस्रो सातासम्म प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी, सम्परीक्षणको काम हुँदै

भक्तपुर :  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ। 

बोर्डका परीक्षा नियन्त्रक डम्बरकुमार बतासले उत्तर पुस्तिका परीक्षण सकेर सम्परीक्षण, रुजु र इन्ट्री गर्ने काम भइरहेको जानकारी दिए। 
उनले ढिलोमा पुसको तेस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताए। 

नतिजा सार्वजनिक गर्न ढिलाइ हुँदा परीक्षाफल प्रकाशित भएको एक महिनामा आउने मौका परीक्षा, त्यसपछि कक्षा १२ को परीक्षा, शिक्षाशास्त्र पढ्नेहरुको त्यही बीचमा पर्ने एकमहिने टिचिङ प्राक्टिस जस्ता कारणले विद्यार्थीको पढाइमा धेरै बोझ थपिने भएपनि बोर्डले यसतर्फ ध्यान नदिएको विद्यार्थीले गुनासो गरेका छन्।

तर नियन्त्रक बतासले भने कक्षा ११ को नतिजामा ढिलाइ हुँदा विद्यार्थीलाई कुनै असर नपर्ने बताए। 

बोर्डका कर्मचारी र उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षक, सम्परीक्षण गर्ने प्राध्यापक चुनावमा खटिँदा नतिजा सार्वजनिक गर्न ढिलाइ भएको उनको भनाइ छ।

परीक्षामा देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थीले फारम भरेका थिए। यसअघि गत मंसिर १८ गते बोर्डले कक्षा ११ आंशिकको नतिजा सार्वजनिक गरेको थियो।

आंशिक परीक्षामा एक लाख एक हजार ३७५ विद्यार्थी सहभागी भएकामा ३६ हजार ७४ जना अर्थात् ३५.५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell