
लण्डन : बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले पदबाट राजीनामा दिएका छन्। एकजना सरकारी अधिकारीले गर्न नहुने गरी आचारसंहिताको उल्लङ्घन भएको भनी गरिएको छानबिनमा दोषी पाइएपछि उनले राजीनामा दिएका हुन्।
उनलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै केही वर्षयतादेखि अनुसन्धान गरिएको थियो। अनुसन्धानले दोषी ठहरगर्दै बर्खास्त गर्नुपर्ने सुझाव दिएको थियो। राजीनामा प्रधानमन्त्री टरिजा मेले स्वीकृत गरेकी छन्।
उनलाई आफ्नो राजनीतिक दलका एकजना सहकर्मी महिलालाई दुव्र्यवहार गरेको र अश्लिल दृश्यहरु कम्प्युटरमा पठाएको आरोप लागेको थियो। सन् २००८ मा भएको भनिएको घटनामा उनीमाथि अनुसन्धकान भएको थियो।
उनको कार्यालयको कम्प्युटरमा पाइएका यस्ता अश्लिल सामग्रीबाट नै यो प्रमाणित भएको बताइएको छ। तर उनले भने ती सामग्रीबारेमा झुट्टो जानकारी दिएको एक अनुसन्धानको निष्कर्षमा देखिएको छ।
त्यस्तै उनले आफ्नै कन्जरभेटिभ दलकी एक जना महिलालाई पनि दुव्र्यवहार गरेको दाबी गरिएको थियो। त्यसबारेमा पनि उनीमाथि अनुसन्धान भइरहेको थियो।
उपप्रधानमन्त्री डेमियन प्रधानमन्त्री टरिजा मेका एक निकटस्थ राजनीतिज्ञ हुन्। उनीहरुको मित्रता अक्सफोर्ड विश्वाविद्यालयमा सँगै अध्ययन गर्दादखि नै रहेको बताइन्छ।रासस/सिन्ह्वा