PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

देश र दललाई पर्यायवाची ठान्ने मनोविज्ञान लोकतन्त्रका लागि खतराः विमलेन्द्र निधि



पहिलोपोस्ट

देश र दललाई पर्यायवाची ठान्ने मनोविज्ञान लोकतन्त्रका लागि खतराः विमलेन्द्र निधि

जनकपुरधाम : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतान्त्रिक पद्धतिमाथि मडारिरहेको खतराप्रति सबै सजग हुनुपर्ने बताएका छन्।

प्रजातान्त्रिक योद्धा रामनारायण मिश्रको ५०औँ स्मृति दिवसका अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा निधिले देश र दललाई पर्यायवाची ठान्ने मनोविज्ञान लोकतन्त्रका लागि खतरा भएको बताए। 

विगतको नेपालको राजनीतिक प्रयोगशालामा अनेक सिद्धान्त र पद्धति रूपान्तरण भएको उल्लेख गर्दै निधिले लोकतान्त्रिक पद्धति आत्मसात् गरिसकेका कम्युनिष्टहरू हाल आएर अधिनायकवादी एकदलीय सिद्धान्ततर्फ उन्मुख हुने संकेत देखापर्नु दुर्भाग्यपूर्ण हुने बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell