PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

'मिस युनिभर्सिटी २०१७'मा पनि नेपालको रित्तो हात



पहिलोपोस्ट

'मिस युनिभर्सिटी २०१७'मा पनि नेपालको रित्तो हात

काठमाडौं: 'मिस युनिभर्सिटी २०१७'बाट नेपाल पारम्भिक चरणमा नै बाहिरियो। बुधबार सौन्दर्य प्रतियोगिताको फिनाले भयो। कार्यक्रममा नेपालको प्रतिनिधित्व मिस नेपाल इन्टरनेसनल २०१२ सुभेच्छा खड्काले गरेकी थिइन्। कार्यक्रम समापनसँगै उनले फेसबुकमा लेखिन्,'सरी नेपाल मैले आफूले गर्न सक्ने जती थरें तर केही ल्याउन सकिंन। मलाई पश्चताप छैन। झनै बलियो भएर फर्कदैछु। सबैको माया र साथको लागि धन्यवाद।'

खड्काले आफ्नो पोस्टमा नेपालले इन्टरनेसनल प्याजेन्टहरुमा राम्रो गर्न सक्ने भएपनि भाग्यले साथ नदिएको जनाएकी छिन्।

कम्बोडियामा भएको मिस युनिभर्सिटीको २८ औं संस्करणमा मिस क्युबाले 'वर्ल्ड मिस युनिभर्सिटी २०१७'को उपाधी जितिन्। त्यस्तै मिस युक्रेन र मिस लाट्भिया क्रमश: फस्ट र सेकेन्ड रनर्स अप ठहरिए।



कन्टिनेन्टल विधातर्फ मिस एसियाको उपाधी मलेसिया प्रतिनिधि, मिस युरोपको उपाधी इङल्यान्ड प्रतिनिधि र मिस साउथ अमेरिकाको उपाधी गाउटेमाला प्रतिनिधि विजेता घोषित भए। प्रतियोगितामा अन्य आठ विधामा अवार्ड दिइएको थियो।

नेपालको प्रतिनिधित्व गरेकी सुभेच्छा खड्का टिभी कार्यक्रम प्रस्तोता हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell