काठमाडौं: फिल्म 'रोमियो एण्ड मुना' युनिटले मंसिर २८ गते विकिनी प्रस्तुतिसहित रिलिज गरेको गीत 'स्यान्डविच मी' टिभीमा प्रशारण नहुने भएको छ। सेन्सरले रोक लगाएको कारण गीत टिभीमा नबज्ने भएको हो। त्यस्तै युट्युबमा पनि सिमित उमेर समुहका लागि मात्र उक्त गीत उपलब्ध हुनेछ।
अमेरिकामा छायांकन गरिएको भिडियोमा विदेशी मोडलहरु विकिनीमै प्रस्तुत भएका छन्। निर्माता प्रशन्न गोपालीका अनुसार भिडियोलाई 'भल्गर' भएको आरोप छ। भिडियोलाई उज्वल सिंहले निर्देशन गरेका हुन्।
गीत रिलिज कार्यक्रममा दुई युवतीलाई विकिनीसहित प्रस्तुत गरेका कारण फिल्म युनिट बारे विभिन्न टिका टिपण्णी हुँदै आएको थियो। यो फिल्मको दोस्रो गीत हो। गीतमा शब्द र स्वर अर्ल युआरएल एडगरले दिएका छन्। गौरव डागावंकरले संगीत संयोजन गरेका हुन्।