PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

फिल्म प्रचारका लागि मात्र सोनिका रोकायाको नृत्य



पहिलोपोस्ट

फिल्म प्रचारका लागि मात्र सोनिका रोकायाको नृत्य

प्रचार प्रसारका लागि फिल्म 'ह्याप्पी न्यू इयर' मोफसल यात्रामा छ। पुस ४ गते हेटौडामा स्ट्रिट कन्सर्ट गरेर बुधबार चितवनमा कार्यक्रम गर्‍यो। प्रचारको लागि हिडेको टिममा फिल्मका निर्माता एवं कलाकार कुशल थापा, गायक विनोद ढकाल तथा मोडल सोनिका रोकाया रहेका छन्। फिल्मकी मुख्य अभिनेत्री सन्ध्या केसी र पुकार गौतम भने छैनन्।

हेटौडा र चितवन दुबै सहरमा भएका कार्यक्रममा सोनिकाले नृत्य प्रस्तुत गरिन्। फिल्म युनिटका अनुसार उनले 'आइटम डान्स' गरेर सबैलाई मनोरञ्जन दिइन्।



सोनिका रोकाया फिल्मकी कलाकार भने होइनन्। इन्टरभ्युमा द्विअर्थी प्रश्न र भाषा प्रयोगका कारण चर्चामा आएकी सोनिकालाई फिल्म युनिटले प्रचारको लागि मात्र टुरमा लिएर हिडेको हो।

सोनिकाले प्रचार टुर बारे नियमित आफ्नो फेसबुकमार्फत पनि अपडेट गरिरहेकी छिन्। 

निर्देशक देवकुमार श्रेष्ठका अनुसार अभिनेत्री सन्ध्या केसी भने कार्य व्यस्तताका कारण प्रचार प्रसारमा उपस्थित हुन नसकेकी हुन्। निर्देशक स्वयंम पनि मोफसल यात्रामा सहभागी छैनन्। भने,'रिलिज मिति नजिकिंदै गर्दा काठमाडौं बाहिरका दर्शक केन्द्रित कार्यक्रम राखेका हौं। व्यस्तताका कारण केही छुट्यौं।' 

फिल्म 'ह्याप्पी न्यू इयर' पुस १४ गते रिलिज हुँदैछ। त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell