PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

संविधान र कानुनको फरक व्याख्या देखियो, नेताहरु विनम्र हुनुपर्छ: प्रचण्ड



पहिलोपोस्ट

संविधान र कानुनको फरक व्याख्या देखियो, नेताहरु विनम्र हुनुपर्छ: प्रचण्ड

काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमार्फत् वाम गठबन्धनलाई जनमत प्राप्त भएपनि केही चुनौती देखिएको र जनमतप्रति नेताहरु विनम्र बन्नुपर्ने बताएका छन्।

बिहीबार नेपाल देशभक्त गणतान्त्रिक मञ्चले नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, 'हामीले बामपन्थी गठबन्धन बनाएर निर्वाचन लड्यौं। जनताले बाम समीकरण र पार्टी एकतालाई अनुमोदन गरेका छन्। निर्वाचनले धेरै चुनौतिका समाधान दिएको छ। तर, केही चुनौति देखिएका छन्। संविधान र कानूनको फरक व्याख्या देखिएको छ।'

चुनौतिका समाधान पनि जनमतअनुसार नै हुने उनले बताए। भने, 'जनताले हामीलाई निकै ठूलो जिम्मेवारीको भारी बोकाएका छन्। हाम्रो दायित्व देशमा स्थिरता र विकासको सपना साकार पार्नु हो। जनमतबाट हामी अझै जिम्मेवार बन्नुपर्छ, विनम्र बन्नुपर्छ। जनमतको सम्मान गरेर अघि बढ्नुपर्छ।'
प्रचण्डले आफूलाइ युद्ध र शान्ति दुवैको नेतृत्व गर्ने अवसर जनताले मलाई दिएकोसमेत उल्लेख गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell