PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

फिलिपिन्समा २५१ यात्रु सवार डुङ्गा दुर्घटना, धेरै हताहत भएको आशङ्का



पहिलोपोस्ट

फिलिपिन्समा २५१ यात्रु सवार डुङ्गा दुर्घटना, धेरै हताहत भएको आशङ्का

मनिला :  फिलिपिन्समा करिब २५१ यात्रु सवार डुङ्गा दुर्घटनाग्रस्त भएको छ। उनीहरुले यात्रुको अवस्था अझै अज्ञात रहेको र ठूलो सङ्ख्यामा हताहत भएको हुनसक्ने आशङ्का गरिएको सामुद्रिक तटीय सुरक्षा गार्डले बताएका छन् । 

मनिलाबाट करिब ७० किलोमिटर पूर्वमा रहेको सामुद्रिक भूभागमा सो दुर्घटना भएको जनाइएको छ। फिलिपिन्स द्वीपमा खराव मौसमका कारण दुर्घटना भएको तटीय सुरक्षा गार्डका प्रवक्ता अरमान्द बलिलोले पत्रकार सम्मेलन गरी जानकारी दिए। 

उद्धारको लागि हेलिकोप्टरहरु त्यसतर्फ पठाइएको बताइएको छ। रासस/एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell