PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

'लालपुर्जा' ट्रेलरमा 'कमेडी र कन्फ्लिक्ट'



पहिलोपोस्ट

'लालपुर्जा' ट्रेलरमा 'कमेडी र कन्फ्लिक्ट'

काठमाडौं: फिल्म 'लालपुर्जा'को ट्रेलर रिलिज भएको छ। विहिबार फिल्मको ट्रेलर र गीत युट्युब लन्च भएको हो।

निगम श्रेष्ठ निर्देशित फिल्म माघ ४ गते प्रदर्शन हुँदैछ। ट्रेलरमा सौगात मल्ल, बिपिन कार्की, मिरुना मगर, मेनुका प्रधान, कामेश्वर चौरासिया, हरिहर शर्मा, कुमार नगरकोटी लगायत फिचर छन्। ट्रेलरले जग्गाका कारण हुने दाजुभाइको झगडालाई हास्य शैलीमा प्रस्तुत गरेका छन्। 

ट्रेलर रिलिज कार्यक्रममा निर्देशकले भने,'भौतिकवाद र अध्यात्मवादको लडाइ फिल्मले चित्रण गरेको छ। यो शैली नेपाली फिल्ममा फरक प्रयोग हुन सक्छ।' 

 

फिल्म युनिटले प्रचारका लागि दर्शकलाई सामाजिक सञ्जालमार्फत फिल्मसँग जोडि राख्ने स्किम समेत प्रयोग गर्ने भएको छ। फिल्म 'लालपुर्जा' लेखेको ब्यानरमा कतिवटा बैगुनको प्रयोग भएको छ? भन्ने प्रश्नको जवाफ दिने कोही एकलाई फिल्मको अस्ट्रेलिया स्क्रिनिङमा लग्ने भएको हो। प्रोफाइल पिक्चरमा फिल्मको नाम र रिलिज डेट अंकित फ्रेम प्रयोग गर्नेले सहभागिता जनाउन पाउने छन्। लक्की ड्रमार्फत विजेता चयन हुने निर्देशक श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell