PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

साफ यू-१५ महिला च्याम्पियनसिप  : भुटानसँग नेपालको बराबरी



पहिलोपोस्ट

साफ यू-१५ महिला च्याम्पियनसिप  : भुटानसँग नेपालको बराबरी

ढाका : साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बंगलादेश पुगेको नेपाली चेलीहरु ४ टिम सम्मिलित प्रतियोगितामा अन्तिम भएको छ। च्याम्पियनसिप अन्तर्गत बिहीबार भएको अन्तिम लिग खेलमा नेपालले भुटानसँग १-१ गोलको बराबरी खेल्दै प्रतियोगिता टुङ्गाएको हो।

ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा भएको अन्तिम खेलमा नेपालका लागि ८१औँ मिनेटमा सबिता रानामगरले गोल गर्दै खेल बराबरी गरेकी थिइन्।

त्यसअघि खेलको नवौँ मिनेटमा डेकी लाहाजुमले गोल गर्दै भुटानलाई पहिले अग्रता दिलाएङ्का थिइन्। नेपाल र भुटान यसअघिका दुवै खेल हार्दै फाइनल पुग्न असफल भइसकेको अवस्थामा यो खेल प्रतिष्ठाको लागि मात्र थियो।

दुवै टोलीले बराबरी खेल्दै १-१ अंक जोडेर प्रतियोगिता सकाए। नेपाल पहिलो खेलमा बंगलादेशसँग ६-० तथा दोस्रो खेलमा भारतसँग ६-० ले पराजित भएको थियो।

भुटान भने दुवै खेलमा ३-० ले पारजित भएको थियो।

यता अन्तिम खेलमा भारतलाई ३-० ले पराजित गर्दै ९ अंक जोडेको घरेलु टोली बंगलादेश राउण्ड रोविन लिगको शीर्ष स्थान हात पार्दै फाइनल प्रवेश गर्‍यो। पराजित भारत पनि यसअघि नै फाइनल पुगिसकेको थियो।

अब उपाधिका लागि बंगलादेश र भारतबीच खेल आइतबार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell