PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

कुमार नगरकोटी फिल्म निर्देशक बन्दै



पहिलोपोस्ट

कुमार नगरकोटी फिल्म निर्देशक बन्दै

काठमाडौं: फिक्सन डिजाइनर कुमार नगरकोटीको नाम अब नेपाली फिल्म इन्डस्ट्रीमा नयाँ रहेन। फिल्म लालपुर्जामा गेस्ट राइटर रहेका उनले केमियो भूमिका समेत निभाएका छन्।

रोल बारे भने,'गेस्ट राइटरमात्र होइन, घोस्ट अपिरियन्समा पनि छु। मेरो परिचय आर्यघाटसँगै जोडिएकाले होला फिल्ममा पनि त्यस्तै भूमिका पाएको छु।'

लालपुर्जाको ट्रेलर रिलिजसँगै नगरकोटी फिल्म निर्देशक बन्न खबर पनि सार्वजनिक गरियो। निर्माण कम्पनी नेगेटिभ बुद्धले निर्माण गर्न लागेको नयाँ फिल्म ‘ज्ञ’लाई नगरकोटीले निर्देशन गर्ने भएका हुन्।

‘मैले उक्त फिल्ममा कथा, निर्देशन र संवादमाथि काम गर्दैछु’ नगरकोटीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell