PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

५ नं प्रदेशको राजधानी बुटवललाई नबनाए स्थिति भयाबह हुनसक्छ : विष्णु पौडेल



पहिलोपोस्ट

५ नं प्रदेशको राजधानी बुटवललाई नबनाए स्थिति भयाबह हुनसक्छ : विष्णु पौडेल

बुटवल :  नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पाँच नम्बर प्रदेशको राजधानी बुटवल नै हुने बताएका छन्।

बुटबलमा आज आयोजित कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले बुटवललाई नै प्रदेश राजधानी बनाउनुपर्ने बताएका हुन्।

उनले सबै पूर्वाधार तयार भएको ठाउँमा नै राजधानी हुने बताए। पौडेलले भने,‘ ५ नम्बर प्रदेशलाई  टुक्राउँदा  जुन अवस्था भएको थियो, प्रदेशको राजधानी बुटवल भन्दा बाहिर लैजादा त्यस भन्दा बढी हुन्छ।’

पौडेलले प्रदेश राजधानी बुटवल भन्दा बाहिर कुनैपनि अवस्थामा नजाने भन्दै ढुक्क रहन आग्रह गरे।

बहुमतका आधारमा राजधानी तोक्ने भएपनि बुटवललाई बनाउन  गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी, कपिलवस्तु र रुपन्देहीका  सांसदको बहुमत रहेको पौडेलले बताए।

उनले भने,‘मुख्यमन्त्रीदेखि सांसद र कार्यालयका लागि भवन तयार छन्। औद्योगिक क्षेत्र रुपन्देहीमा नै रहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्धजन्मस्थल,  सेज लगायतका ठाउँमा  राजधानी रहन्छ।’

उता एमाले नेता शंकर पोखरेल र माओवादी केन्द्रका नेता कृष्णबहादुर महाराले भने दाङलाई राजधानी बनाउनुपर्ने बताउँदै आएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell