PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

प्रचण्डलाई टेलिफोन गरी भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई



पहिलोपोस्ट

प्रचण्डलाई टेलिफोन गरी भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई

काठमाडौँ :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज टेलिफोन गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले सफलता हासिल गरेकामा बधाई दिएका छन् । 

अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनोहरि तिमिल्सिनाका अनुसार भारतीय प्रधानमन्त्रीले आज अपराह्न साढे चार बजे टेलिफोन गरी निर्वाचनमा विजय हासिल गरेकामा बधाई दिएका हुन्। 

त्यस क्रममा अध्यक्ष प्रचण्डले आफूलाई बधाई दिएकामा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए। टेलिफोन वार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत कुराकानी भएको जनाइएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell