काठमाडौं : इपीएल अन्तर्गत बिहीबार भएको पहिलो खेलमा भैरहवा ग्लाडिएटर्सले ललितपुर प्याट्रिओट्समाथि ३ विकेटको रोमाञ्चक जित हासिल गर्यो।
अन्तिम बलमा कृष्ण कार्कीले चौका प्रहार गरेपछि भैरहवाले १४२ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गरेको हो। भैरहवाको जितको आधार खडा गर्ने क्रममा भारतीय खेलाडी पुनितविष्टले अर्धशतक प्रहार गरे।
यस्तै सातौँ नम्वरमा ब्याटिङ गरेका रोहितले ११ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३१ रनको योगदान गरे।
भैरहवाले इपीएलमा लगातार दोस्रो जित हात पार्दा ललितपुरको भने यो लगातार दोस्रो हार हो।