PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

यू-१६ का दुई खेलाडीलाई ६ महिनाको वैदेशिक प्रशिक्षण



पहिलोपोस्ट

यू-१६ का दुई खेलाडीलाई ६ महिनाको वैदेशिक प्रशिक्षण

धनगढी : थाईल्याण्डमा भएको एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको विजेता बनेको नेपाली टोलीका दुई खेलाडीलाई बिहीबार धनगढीमा सम्मान गरिएको छ। सुदूरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा यू–१६ टोलीका नारायण जोशी र सुवोध ऐरलाई गृह जिल्लामा सम्मान गरिएको हो। दुवै खेलाडी धनगढी क्रिकेट एकेडेमीका उत्पादन हुन् भने उनीहरु अहिले सुदुरपश्चिाञ्चल एकेडेमीमा छात्रवृतिमा अध्ययन गरिरहेका छन्।

सुदूरपश्चिमाञ्चल एकेडेमीमा आयोजना गरिएको सम्मान कार्यक्रममा खेलाडीद्धय जोशी र ऐरलाई प्रदेश नम्वर ७ का प्रादेशिक प्रहरी प्रमुख माधव नेपाल र कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंहले संयुक्त रुपमा सम्मान गरे।

एसीसी यू–१६ क्रिकेट प्रतियोगिताको विजेता बनाउन नेपालका लागि नारायण जोशीको प्रदर्शन महत्वपुर्ण रह्यो। ५ वटै खेल खेलेका नारायणले पहिलो अन्तर्राष्ट्रिय डेब्यु खेलमा थाईल्याण्ड विरुद्व ५ विकेट लिए भने म्यानमार विरुद्व ४ विकेट लिए। प्रतियोगिताभर उनले ११ विकेट लिए। उनले ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा नटआउट ४६ रन बनाएका थिए। सेमिफाइनलमा उनले १८ रनको योगदान दिएका थिए।

यता दुई वटा खेल मात्र खेल्ने मौका पाएका सुबोधले फाइनलमा २२ रन बनाएका थिए

यी दुई खेलाडीलाई नि:शुल्क रुपमा एक वर्षको क्रिकेट प्रशिक्षण दिईने भएको छ। सुदूरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले खर्च बेहवर्ने गरी एक वर्षको वैदेशिक प्रशिक्षण दिन लागिएको हो।

दुवै खेलाडीले ६ महिना भारत र ६ महिना श्रीलंकामा क्रिकेट प्रशिक्षण लिनेछन्। उनीहरुको प्रदर्शनलाई अझ निखार्न नि:शुल्क प्रशिक्षणका लागि दुवै जनालाई पठाउने सुदुरपश्चिमाञ्चल एकेडेमीका निर्देशक तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले घोषणा गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell