PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

महारुफको ब्याट र बल चल्दा काठमाडौँले चितवनलाई हरायो, हेर्नुस् फोटोमा

महारुफको ब्याट र बल चल्दा काठमाडौँले चितवनलाई हरायो, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : यस संस्करणको इपीएलमा सबैभन्दा ठुला स्टार खेलाडीका रुपमा रहेका श्रीलंकन फरविज महारुफले यसअघिका दुई खेलमा खासै राम्रो प्रदर्शन गर्न सकेका थिएन्।

उनी दुवै खेलमा ७ रन बनाएर आउट भएका थिए भने कुनै विकेट लिन सकेका थिएनन्। दुवै खेलमा काठमाडौं पराजित भएको थियो। तर बिहीबार टीयू मैदानमा उनै महारुफले अलराउण्ड प्रदर्शन गरेपछि काठमाडौंले चितवन टाइगर्सलाई ३ विकेटले पारजित गर्दै पहिलो जित हासिल गर्‍यो।

बलिङमा ३ विकेट लिएका महारुफले ब्याटिङमा सर्वाधिक ३९ रन बनाए। महारुफ नै म्यान अफ दि म्याच घोषित भए। यस्तै ओपनर अमित श्रेष्ठले ३८ रनको योगदान गरे। तिन खेलमा कूल ९४ रन बनाएका अमित सर्वाधिक रन बनाउने सूचीमा सबैभन्दा अगाडी छन्।

जारी इपीएलमा कप्तानी गर्ने महारुफ एक मात्र विदेशी खेलाडी समेत हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell