PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

जनताले कांग्रेस मन पराए, नेतृत्व मन पराएनन् : प्रकाशमान सिंह



पहिलोपोस्ट

जनताले कांग्रेस मन पराए, नेतृत्व मन पराएनन् : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार चल्न नसक्दा निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसकेको बताएका छन्। 

नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ शाखाले प्रतिनिधी सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ मा विजयी सिंहलाई बधाई दिन आयोजित कार्यक्रममा नेता सिंहले पार्टी संस्थागत ढंगले चल्न नसक्दा पराजय भोग्नुपरेको बताए। 

नेता सिंहले जनतालाई पार्टी मन परे पनि नेतृत्व मन नपरेका कारण धेरै स्थानमा हार व्यहोर्नुपरेको बताए। 'पार्टीभन्दा नेता र व्यक्ति ठूलो हुन सक्दैन, त्यसैले पार्टी सुधार आवश्यक छ,' उनले भने। पार्टीभित्र पदाधिकारी, केन्द्रीय सदस्य र विभागले पूर्णता पाउन नसक्नु दुःखद भएको उनको भनाई थियो। 

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहालले मजदूरको जगमा उभिएको पार्टी कांग्रेस भएकाले मजदूरको समस्या समाधानका लागि पार्टीले विशेष चासो दिनुपर्ने बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell