PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

इन्टरनेशनल ब्याडमिन्टन सिरिज : रत्नजित र दीपेशलाई दोहोरो सफलता, दोस्रो दिन भारतीय खेलाडीको दबदबा कायमै



पहिलोपोस्ट

इन्टरनेशनल ब्याडमिन्टन सिरिज : रत्नजित र दीपेशलाई दोहोरो सफलता, दोस्रो दिन भारतीय खेलाडीको दबदबा कायमै

काठमाडौं : काठमाडौंमा भइरहेको योनेक्स सनराइज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजको दोस्रो दिन पनि भारतीय खेलाडीको दबदबा रहदा नेपालका नम्वर वान खेलाडी रत्नजित तामाङ, दीपेश धामी र साजन कृष्ण ताम्राकारले दोहोरो सफलता हात पारे। पहिलो खेल जितेका प्रिन्स दाहाल भने दोस्रो खेलमा पराजित भए।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा सञ्चाचन भइरहेको सिरिजको मेन्स सिंगल्सतर्फ नेपालका रत्नजितले पहिलो खेलमा भारतका ध्रुव कुमरालाई २१-१७, २१-१६ ले पराजित गरे भने दोस्रो खेलमा भारतकै यस योगिमाथि २१-१६, २१-१३ को जित हात पारे।

दिपेश धामीले भारतका साइ चरान कोयालाई १४-२१, २१-१७, २२-२० ले पराजित गरे भने दोस्रो खेलमा भारतका सिद्दार्थलाई २३-२१, २१-१६ ले हराए।

यस्तै साजनकृष्णले पहिलो खेलमा नेपालकै प्रफुल महर्जनलाई २१-१२, २३-२१ ले पराजित गरेका थिए। दोस्रो खेलमा उनका प्रतिस्पर्धी मलेसियाका मोहमद मिसवन रिटायर्ड भएका थिए।

यता पहिलो खेलमा भारतका विष्णु कटवाललाई पराजित गरेका नेपालका प्रिन्स दाहाल दवस्रो खेलमा चिलीका केइन झेङसँग पराजित भए।

वुमन्स सिंगल्सतर्फ नेपालकी नम्वर वान नङगल तामाङसहित ६ खेलाडी पराजित भए। नङ्सल भारतकी शैली रानेलाई पहिलो सेटमा २१-१३ ले हराएपनि दोस्रो र तेस्रो सेट २१-१४ र २१-१२ ले गुमाइन्। यस्तै अनुमाया राई सुनैयाँ मुखिया अमिता गिरी र शोभा गौचन भारतीय खेलाडीसँग पराजित हुँदा जेसिका गुरुङ बंगलादेशी खेलाडीसँग हारिन्।

दोस्रो दिन पनि वर्चस्व राख्दै भारतका १९ खेलाडीले जित हात पारे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell