काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएल अन्तर्गत बुधबार भएको विराटनगर वारियर्स विरुद्वको खेलमा गल्ती गरेको भन्दै पोखरा राइनोजका सौरभ खनाललाई म्याच फि को १० प्रतिशत जरिवाना लगाइएको छ।
उनले लेभल टू अफेन्स (पोटेक्टेट एरियामा गएको) गरेका भन्दै म्याच रेफ्री मोहम्मद सफिकले १० म्याच फि को १० प्रतिशत जरिवाल गराएको आयोजक इपीएल प्राली विज्ञप्तीमार्फत जनाएको छ।
विराटनगर विरुद्व खेलको अन्तिम बलमा रन लिने क्रममा सौरभ पिचको बिच भागबाट दोडेका थिए। उक्त बलमा गल्ती गरेका कारण पोखराले ३ रन गुमाएको थियो भने विराटनगरलाई ५ रन पेनाल्टी समेत तिरेको थियो।
सौरभले समेत उक्त जरिवान स्वीकार गरिसकेको पनि इपीएल प्रालीले जनाएको छ।