
काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको वरीयतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले डिसेम्वर महिनाको लागि घोषणा गरेको नयाँ वरीयतामा नेपाल एक स्थान गुमाउँदै १७१औँ स्थानमा झरेको हो।
यस्तै विश्व च्याम्पियन जर्मनीले शीर्ष स्थानमा रहेर वर्ष २०१७ को अन्त्य गर्ने भएको छ।
नेपाल दक्षिण एसियामा भारत र माल्दिभ्सपछि तेस्रो स्थानमा छ भने नेपाल भन्दा तल भुटान, बंगलादेश र श्रीलंका छ। भारत १०५औँ स्थानमा कायम छ भने दुई स्थान सुधार गरेको माल्दिभ्स १५५औँ स्थानमा उक्लेको छ।
भुटान २ स्थान गुमाएँदै १८७औँ स्थानमा झर्दा ५ स्थान गुमाएकव बंगलादेश १९७औ स्थानमा छ। श्रीलंका २ सयौँ स्थानमा यथावत छ। फिफाले निलम्वनमा राखेको पाकिस्तान वरीयतामा पनि छैन।
विश्व वरीयतामा जर्मनी शीर्ष स्थानमा आसिन रहदा दशौँ स्थानसम्म कुनै परिवर्तन छैन। ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो, अर्जेन्टिना चौथो तथा बेल्जियम पाँचौ स्थानमा यथावत छ।