PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

एन्फालाई १ हजार अमेरिकी डलर जरिवाना



पहिलोपोस्ट

एन्फालाई १ हजार अमेरिकी डलर जरिवाना

काठमाडौं : एएफसीले अखिल नेपाल फुटबल संघ एन्फालाई १ हजार अमेरिकी डलर जरिवाना लगाएको छ।

गत अक्टोबरमा कीर्गिस्तानको बिस्केकमा भएको एएपसी यू-१९ क्वालिफायरमा नेपालयू-१९ खेलाडीले गरेका गल्तीका कारण एएफसीले एन्फालाई जरीवाना तोकेको हव।

कीर्गिस्तान विरुद्वको खेलमा नेपालका खेलाडीहरुले प्रोटोकलको ख्याल नगरेको, विपक्षी खेलाडी र रेफ्रीसँग हात मिलाउन फियर प्ले नदेखाएको भन्दै एएफसीले जरिवाना लगाएको जनाएको छ।

एएफसी जारी गरेको सूचना अनुसार एन्फाले  ३० दिनभित्रमा जरिवाना बुझाइसक्नुपर्नेछ। यस्ता खालको घटना दोहोर्‍याएमा अझ ठूलो कारवाही गरिने चेतावनी समेत एएफसीले दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell