PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

इपीएलमा आज दुई खेल हुँदै, दबाबमा चितवन टाइगर्स



पहिलोपोस्ट

इपीएलमा आज दुई खेल हुँदै, दबाबमा चितवन टाइगर्स

काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएलमा आज पनि दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको प्रतियोगितामा आज पोखरा राइनोज र काठमाडौं किंग्स-११ बीच पहिलो खेल हुनेछ।

दुवै टोलीले अहिलेसम्म एक-एक खेल जितेका छन्। तीन खेल खेलेको काठमाडौंले लगातार दुई खेल हारेपछि बिहीबार पहिलो जित हात पारेको थियो।

यता पहिलो खेलमा चितवनलाई १० विकेटले हराएको पोखरा दोस्रो खेलमा विराटनगर वारियर्ससँग पराजित भएको थियो।

आजै हुने दोस्रो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स भिड्नेछन्। जारी इपीएलमा विराटनगर अपराजित छ भने चितवनले खेलेका दुवै खेलमा पराजय बेहोरेको छ। त्यसैले चितवन थप दबाबमा रहनेछ। पारस खड्काको कप्तानीमा रहेको विराटनगरले ललितपुर प्याट्रिओट्स र पोखरा राइनोजलाई पराजित गरेको थियो। चितवन भने पोखरा र काठमाडौंसँ पराजित भएको हो।

क्ल डेजा भू काण्डका संलग्न भएको आरोपपछि चितवनका कप्तान पृथु बास्कोटो ठगी मुद्दा प्रकरणका कारण टेकु प्रहरी हिरासतमा छन्। उनको अनुपस्थितीमा दुवै खेलमा दीपेन्द्र सिंह भरीले चितवनको कप्तानी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell