PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

धारिलो हतियार प्रयोग गरी पेट्रोल पम्प सञ्चालको हत्या



चन्द्रकान्त खनाल

धारिलो हतियार प्रयोग गरी पेट्रोल पम्प सञ्चालको हत्या
प्रतीकात्मक तस्बिर

रुपन्देही: रुपन्देहीको मायादेवी गाउँपालिका १ मा धारिलो हतियार प्रयोग गरी पेट्रोल पम्प सञ्चालको हत्या भएको छ।

राति पम्पमा बसिरहेको अवस्थामा मायादेवी गाउँपालिका वडा नम्बर १ औरोलीका ३५ वर्षीय अब्दुल अयुव खानको हत्या भएको इलाका प्रहरी कार्यालय लुम्विनीका इन्सपेक्टर पुरुषोत्तम राउतले बताए।

खानको राति नै हत्या भएको भए पनि बिहान स्थानीयले देखेपछि  प्रहरीलाई खबर गरेका थिए। उनले हसन आयल फिडिङ पेट्रोल पम्प सञ्चालन गर्दे आएका थिए।

टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको भनाई छ। घटना कसले गरेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय भैरहवासहितको टोली घटनास्थलमा पुगेको थियो। शवलाई जिल्ला अस्पताल भैरहवामा राखिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell