PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु



पहिलोपोस्ट

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

रुकुम: रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

गाउँपालिका वडा नं ६ को झारेमारे लेकबाट नदुवातर्फ आइरहेको लु २ त ५०७४ नंको ट्याक्टर दुर्घटना हुँदा चालक बाँफिकोट–७ का २३ वर्षीय निमे कुसारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परी ट्याक्टर साहु सोही ठाउँका ३५ वर्षीय तिले खत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिए।

घाइते खत्रीको स्थानीय मेडिकलमा सामान्य उपचार गरेर थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell