PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

अविलम्ब केन्द्रीय समितिको बैठक बोलाउन शेखर कोइरालाको माग 



पहिलोपोस्ट

अविलम्ब केन्द्रीय समितिको बैठक बोलाउन शेखर कोइरालाको माग 

विराटनगर :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अविलम्ब पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन्।  

विराटनगरमा आज कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा कोइरालाले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक बसाउनका लागि बैठक आवश्यक रहेको स्पष्ट पारे। 

अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको साङ्गठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिँदै कोइरालाले अब पार्टीको सङ्गठन टोल–टोलसम्म पुर्याउनुपर्ने बताए।  

पार्टीभित्रैबाट अन्तर्घात भएका कारण आफू पराजित भएको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले त्यस्ता अन्तर्घात गर्नेहरुलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्ने बताए। 

उनले कांग्रेस अब पाँच वर्षसम्म बलियो विपक्षीको भूमिका निर्वाह गर्दै पार्टीको सङ्गठनमा बढी केन्द्रित हुने स्पष्ट पारे।रासस


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell