PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

फ्राइडे रिलिज: पर्दामा 'ब्याड ब्वाइ' र 'टाइगर जिन्‍दा हे'



पहिलोपोस्ट

फ्राइडे रिलिज: पर्दामा 'ब्याड ब्वाइ' र 'टाइगर जिन्‍दा हे'

काठमाडौं: शुक्रबार नेपाली फिल्म 'ब्याड ब्वाय' मात्र रिलिज भयो। सिंगल स्क्रिनका केही हलमा मात्र लागेको फिल्म प्रचार प्रसार बिनै पर्दामा उत्रिएको हो। फिल्मलाई वरुण अधिकारीले निर्देशन गरेका हुन्।

फिल्ममा जेश ढुङ्गाना, मनोज थापा, हरिष दहाल, सुमित्रा श्रेष्ठ, रञ्जु सिलवाल, रोशनी घिमिरे, बिरेश दहाल, नानिकाजि ढंगोल लगायत कलाकारहरूको अभिनय रहेको छ। एक्सन प्रधान फिल्म ब्याड ब्वाइमा माधब शर्माको कथा, राजुजङ थापाको द्धन्द्ध, राम कार्किको संगित, गोविन्द राईको नृत्य,बिनोद सापकोटाको छायांकन,सुबास देबकोटाको सम्पादन, दिप मेहेरको गित रहेको छ।

मल्टिप्लेक्समा भने कुनै पनि नयाँ पुरानो नेपाली फिल्मले ठाउँ पाएनन्। बलिउड प्रतिक्षित फिल्म 'टाइगर जिन्दा हे'को व्यवसायिक थ्रेटका कारण नेपाली फिल्महरुले यो साताको लागि रिलिज तय गरेनन्।

सलमान खान र कट्रिना कैफ स्टारर एक्शन जनराको फिल्मले सबै हलको प्राय पर्दा ओगटेका छन्। 'एक था टाइगर' सिक्वेललाई अलि अब्बास जफार निर्देशन गरेका हुन्। आदित्य चोपडाले निर्मित फिल्म संसारभर पाँच हजारभन्दा बढी स्क्रिनमा प्रदर्शन हुने जनाइएको छ।

हलिउडका लागि भने नयाँ फिल्म नेपाल रिलिज भएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell