PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

बले र कक्रोजको फिचरिङमा 'माया मैसँग लाइदेउ न'



पहिलोपोस्ट

बले र कक्रोजको फिचरिङमा 'माया मैसँग लाइदेउ न'

काठमाडौं: हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज)को फिचरिङ रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक किरण भुजेलको 'माया मैसँग लाइदेउ न' बोलको गीती भिडियोमा देखिएका हुन्‍। उनीहरुलाई साथ दिएका छन् मोडल रक्षा श्रेष्ठ र जुना सुन्दासले।

गीतमा किरण भुजेल र मेलिना राईको स्वर रहेको छ। डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा (स्माइल)को संगीत छ। उदयराज पौडेलले एरेन्ज गरेको गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन्।

भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell