PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

पार्टी सभापति बन्ने शेखरको चाहना, केन्द्रीय समिति बैठक नबोलाए हस्ताक्षर संकलन गर्ने



अनन्तराज न्यौपाने

पार्टी सभापति बन्ने शेखरको चाहना, केन्द्रीय समिति बैठक नबोलाए हस्ताक्षर संकलन गर्ने

विराटनगर :  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले आफू पार्टीको केन्द्रीय सभापतिको आकांक्षी भएको घोषणा गरेका छन्।

कोइराला निवासमा शुक्रबार बिहान नेपाल प्रेस युनियनसमर्थक सञ्चारकर्मीसित केन्द्रीय सदस्य कोइरालाले आफू केन्द्रीय सभापति हुन इच्छुक रहेको बताएका हुन्।

डाक्टर कोइराला भर्खरै सम्पत्र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा एमालेका लालबाबु पण्डितसित ६ सय ६५ मत अन्तरले पराजित नेता हुन्। लालबाबु र कोइराला मोरङको क्षेत्र नम्बर ६ बाट उम्मेदवार थिए।

‘राजनीतिमा लाग्ने कसलाई इच्छा हुँदैन र ?’, पत्रकारसित डाक्टर कोइरालाले भने, ‘पार्टीको सभापति हुने इच्छा मलाई छ ।’
शेखरको भनाइ थियो, ‘तर यसका लागि विधि र प्रक्रिया पुग्नुपर्छ। पहिले त तुरुन्त केन्द्रीय समितिको बैठक बस्नुपर्यो। केन्द्रीय समितिको बैठकले महासमितिको बैठकको निधो गर्छ। महासमितिमा पार्टीको ‘अर्ली महाधिवेशन’ गर्ने निर्णय गरेर त्यही महाधिवेशनमा नेतृत्वको चयन गर्नुपर्छ।’

केन्द्रीय समितिको बैठक एक हप्ताभित्र नबोलाए यसका लागि हस्ताक्षर सङ्कलन गरिने चेतावनी डाक्टर शेखरले दिए।

उनले भने, ‘केन्द्रीय समितिको बैठक बोलाउन किन ढिला गरिएको हो मैले बुझेको छैन। तुरुन्त बोलाउनु पर्छ भत्रे हाम्रो माग छ ।’

स्थानीय तहको पुनःसंरचनापछि नेपाली काङ्ग्रेसको साङ्गठनिक स्वरूपमा पनि परिवर्तन आवश्यक रहेको कोइरालाको भनाई थियो।

शेखरका अनुसार नवनिर्मित स्थानीय तहमा पार्टीका नयाँ कार्यसमितिहरू बनाउनु छ। पार्टीलाई प्रादेशिक संरचनामा लैजानु छ। त्यसका लागि विधानमा संशोधन आवश्यक हुन्छ । त्यसैले पनि महासमितिको बैठक गरिहाल्न जरुरी छ।

विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसित एकता भएपछि त्यस पार्टीका विभित्र तहका पदाधिकारीलाई समायोजन गर्न पनि नयाँ सङ्गठनको निर्माण आवश्यक रहेको उनको भनाई थियो।

काङ्ग्रेस केन्द्रीय समितिको बैठक सकिएपछि आफू देश दौडाहामा निस्कने कोइरालाले जानकारी दिए।आगामी ५ वर्ष नेपाली काङ्ग्रेस विपक्षमै बसेर आफ्नो सङ्गठन निर्माणमा सक्रिय हुनुपर्ने उल्लेख गर्दै शेखरले ५ वर्ष प्रतिपक्षमा बसेमात्र गन्तव्यमा पुग्न सकिने बताए।

उनको भनाइ थियो, ‘परफरमेन्स नै दिन नसकिने सरकारमा जानुको औचित्य छैन।’ के वामगठबन्धनको सरकार ५ वर्ष टिक्ला ? 

‘त्यो त उहाँहरूको सहमतिमा भर पर्ने कुरा हो’, सञ्चारकर्मीलाई कोइरालाको उत्तर थियो ‘भर्खरै एमालेका एक जना नेताले पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्ति हुनुपर्छ भत्रुभएको छ र यसले त्यहाँभित्र तरङ्ग पैदा गरेको छ । यो कुरा माओवादीलाई पच्छ कि पच्तैन हेर्नुछ ।’

उनले भने, ‘जसले जे भने पनि यो वाम गठबन्धन नै हो। अर्कातिर हामी दुई ठूला छिमेकी, एउटा लोकतान्त्रिक र एउटा वाम शक्तिका बीचमा छौं। यहाँ उनीहरूले खेल्ने मौका पाउँछन् कि भत्रे शङ्का पनि छ। त्यस्तो खेल भयो भने देशलाई अप्ठ्यारो पर्न सक्छ। तर उहाँहरूले एकदलीय तानाशाहीको बाटोबाट अलग राखेर मुलुकलाई लोकतान्त्रिक धारमा लैजान खोज्नु भयो भने राम्रो हुन्छ।’

कोइरालाले राष्ट्रिय सभाको निर्वाचन एकल सङ्क्रमणीय पद्धतिबाटै गरिनुपर्ने आग्रह गरे।‘हाम्रो संविधानले समानुपातिक र समावेशिताको अवधारणालाई अङ्गीकार गरेको छ’, कोइरालाको विचार थियो, ‘यो अवधारणाको परिपालन एकल सङ्क्रमणीय पद्धतिमा मात्र हुनसक्छ। यो समानुपातिक प्रणालीकै एउटा धार हो। जबकि बहुमतीय प्रणालीले समानुपातिक र समावेशी सिद्धान्तलाई धरापमा पारिदिन्छ। हामीले एमालेलाई यो कुरा बुझाउन सकेनौँजस्तो लागिरहेछ।’ 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell