PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

कारबम विस्फोटमा अफगानिस्तानमा आठ जनाको मृत्यु, कैयौं घाइते



पहिलोपोस्ट

कारबम विस्फोटमा अफगानिस्तानमा आठ जनाको मृत्यु, कैयौं घाइते

कान्दाहार :  अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मेवान्द जिल्लामा रहेको एक प्रहरी चौकीमा कारबम विस्फोट भएको छ। 

विस्फोटमा परी आठ जनाको मृत्यु हुनुको साथै ठूलो सङ्ख्यामा घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ। 

बिहीबार राति तालिवान आतङ्ककारी समूहले अपहरण गरिएको सैनिक भ्यानमा विस्फोटक पदार्थ राखी विस्फोट गराएका थिए। 

प्रहरीका अनुसार सुरक्षा अधिकारीका विरुद्धको आक्रमणमा तालिवान आतङ्ककारी समूहले अपहरण गरेका सैनिक सवारी साधनको प्रयोग गर्दै आएका छन्। 

प्रहरीका अनुसार दुई महिनायता तालिवान आतङ्ककारी समूहले पाँच भन्दा बढी अपहरण गरिएका सैनिक सवारीको प्रयोग गर्दै आएका छन्। 

आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन। तर यसअघि यस प्रकारका आक्रमणहरुको प्रायः तालिवान आतङ्ककारी समूहले जिम्मा लिने गरेका थिए। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell