PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

राजनीतिक अधिकार बिना आर्थिक अधिकार बलियो हुँदैनः शर्मा



पहिलोपोस्ट

राजनीतिक अधिकार बिना आर्थिक अधिकार बलियो हुँदैनः शर्मा

काठमाडौँ :  राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दलितको राजनीतिक अधिकार सुनिश्चित नभएसम्म आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार बलियो नहुने बताएका छन्। 

दलित सेवा संघले आज आयोजना कार्यक्रममा अध्यक्ष शर्माले राजनीतिक अधिकारलाई पनि अन्य अधिकारलाई सँगसँगै लैजानुपर्ने बताए। 
उनले दलितबर्ग राज्यको उच्च ओहदामा नपुगेसम्म उनको हक अधिकार स्थापित हुन कठिन हुने बताए। 

नेकपा माओवादी केन्द्रका नेता विश्वभक्त दुलालले पछिल्लो समय दलितको अधिकार स्थापित हुँदै गएको बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell