PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

इपीएल : दीपेन्द्रसिंह ऐरीको एकै ओभरमा बाबर हायतले प्रहार गरे लगातार ४ छक्का



पहिलोपोस्ट

इपीएल : दीपेन्द्रसिंह ऐरीको एकै ओभरमा बाबर हायतले प्रहार गरे लगातार ४ छक्का

काठमाडौं : हङकङका खेलाडी बाबर हायतले एभरेष्ट प्रिमियर लिग इपीएल मा शुक्रबार लगातार चार छक्का प्रहार गरेका छन्।

विराटनगर वारियर्सबाट इपीएल खेलिरहेका हायतले चितवन टाइगर्स विरुद्ध एकै ओभरमा लगातार चार छक्का र एक चौका प्रहार गरे।

चितवनका कप्तान दीपेन्द्र सिंह ऐरीले बलिङ गरेको १२औँ ओभरमा हायतले सुरुवाती ४ बलमा लगातार ४ छक्का प्रहार गरेका हुन्। त्यसपछि उनले एक चौका प्रहार गरेका थिए। उनले उक्त ओभरमा कूल २९ रन जोडे।

बाबरले दोस्रो विकेटका लागि अंशुमन रथसँग १०७ रनको पार्टनरसिप गरे।

ओपनर आसिफ शेखको विकेट गएपछि बाबर छैटौँ ओभरमा क्रिजमा पुगेका हुन्। यस्तै बाबर हायत जारी इपीएलको एकै इनिङ्समा सर्वाधिक रन प्रहार गर्ने खेलाडी समेत बनेका छन्।

हायतले प्रमेश कुमारको बलमा आउट हुनुअघि ४२ बल खेलेर ५ चौका र ६ छक्काको मद्दतमा ८१ रन बनाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell