PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

मालपोत कार्यालयमा बम बिस्फोट हुँदा तीन जना घाइते एक गम्भीर



पहिलोपोस्ट

मालपोत कार्यालयमा बम बिस्फोट हुँदा तीन जना घाइते एक गम्भीर
फोटो : देवकुमार यादव

सिरहा : सिरहास्थित मालपोत कार्यालयमा बम बिस्फोट हुँदा तीन जना घाइते भएका छन्।

दिउँसो साढे एक बजे भएको बिस्फोटमा परी सिरहा नगरपालिका १२ सारसरका राजकुमार पासवान, रोशन कुमार पासवान र लेखापढी व्यवसायी पवन पासवान घाइते भएका हुन्।

तीन जनामध्ये सिरहा एक नम्बर वडाका पवनको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि पठाउने तयारी भइरहेको छ। 
मालपोत कार्यालय नजिकै बिस्फोट भएकाले प्रहरीले मालपोत परिसर खाली गराइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell