
संयुक्त राष्ट्रसङ्घ : राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा जेरुसलेमबारे मतदानमा अमेरिकाको विपक्षमा उभिने देशहरूविरुद्ध आर्थिक सहायता रोक्कागर्ने चेतावनी दिए पनि अमेरिकाको विरुद्धमा मतदान भएको छ।
राष्ट्रसंघको महसभाका सदस्यहरूले बिहीबार जेरुसलेमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने ट्रम्पको निर्णयलाई आलोचना गरेको एउटा प्रस्तावमाथि गरेको मतदानमा अमेरिका विरुद्ध उभिएका छन्।
अरब र मुस्लिम देशहरूको माग बमोजिम १ सय ९३ सदस्यीय महासभाको आपतकालिन सत्र बिहीबार बोलाइएको थियो र जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकी निर्णयाको पक्ष र विपक्षमा मतदान भएको थियो।
मतदान अमेरिकाको विरुद्धमा भएको छ। मतदानमा जेरुसेलमलाई राजधानी मान्ने पक्षमा निकै थोरै मात्र मत खसेको थियो।
संयुक्त राष्ट्रसंघको महासभाले अत्यधिक बहुमतबाट जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने अमेरिकी निर्णयलाई अस्वीकार गरिदिएको छ।
प्रस्तावको पक्षमा अर्थात् जेरुसेलमलाई राजधानी मान्ने पक्षमा ९ मात्र र नमान्ने पक्षमा १२८ मुलुकहरूले मतदान गरेका थिए। मतदानको समयमा ३५ वटा मुलुक भने अनुपस्थित रहेका थिए।
आफ्नो प्रशासनको विपक्षमा उभिने देशहरूलाई सहायता रोक्ने चेतावनी राष्ट्रपति ट्रम्पले दिएका थिए। मस्यौदा प्रस्तावमा जेरुसलेमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने ट्रम्पको निर्णय उल्ट्याउन माग गरिएको छ।
महासभामा विशेषाधिकार प्रयोग गर्न नपाइने भएकाले त्यो सहजै पारित हुने अपेक्षा मस्यौदाका प्रस्तावकहरूले गरेका थिए। तर परिणाम भने त्यस्तो आएन । रासस/एएफपी