A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69971a39bbe087.74107829): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69971a39bbe087.74107829,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69971a39bc1c61.86865137): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69971a39bc1c61.86865137,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

टीम मैदानमा संघर्ष गरिरहँदा पृथु हिरासतमै : इपीएल सकिँदासम्म होलान् बाहिर?
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

टीम मैदानमा संघर्ष गरिरहँदा पृथु हिरासतमै : इपीएल सकिँदासम्म होलान् बाहिर?



सविन ढकाल

टीम मैदानमा संघर्ष गरिरहँदा पृथु हिरासतमै : इपीएल सकिँदासम्म होलान् बाहिर?

काठमाडौं : एभरेस्ट प्रिमियर लिग इपीएल मा आज चितवन टाइगर्स आफ्नो तेस्रो खेलमा विराटनगर वारियर्ससँग ७१ रनले पराजित भएको छ। टिमका घोषित क्याप्टेन तथा यु १७ र यु १९ क्रिकेट टिमका पूर्व कप्तान पृथु बास्कोटा मैदानमा नहुँदा दर्शकमा निरासमात्र होइन पूरै टीमको पारी नै लर्वराएको छ।  दीपेन्द्र सिंह  ऐरिले सम्हालेको टिमले यसअघिका दुई खेलमा दुवैमा हार बेहोरेको छ।

गत मंसिर २८ गते राति क्लब डेजावु नाइटमा भएको घटनालाई लिएर बास्कोटा अहिले प्रहरी हिरासतमा छन्। प्रहरीले बास्कोटा सहित ८ जनालाई ठगी अभियोगमा पक्राउ गरेको हो। अमेरिकन डिजे मार्समेलो ल्याएर क्लबले पार्टी गराउने भन्दै ३ हजार देखि ७ हजार रुपैयाँमा टिकट बिक्री गरेको थियो। तर, स्वास्थ्यमा समस्या देखिएको भन्दै मार्समेलो नआएपछि क्लबमा तोडफोड भयो। टिममा पृथुको उपस्थित नहुदा मनोवैज्ञानिक अनुपस्थिति खड्किएको खेलाडी बताउँछन्।

महँगो मूल्यमा टिकट लिएका दर्शकले मार्समेलो नल्याएर ठगी गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि प्रहरीले डेजवु संचालकदेखि कार्यक्रम आयोजकलाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ। पृथु क्लवका संचालक समेत रहेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ।

खेलाडी बास्कोटासहित ८ जनालाई ठगी अभियोगमा अनुसन्धानको लागि अदालतबाट म्याद थप गरी हिरासतमै राखिएको छ। पहिलो पटक थपिएको सात दिनको म्यादमा अनुसन्धान पूरा नभएपछि बिहीवार पुन ४ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताए। 'अनुसन्धान एकदमै छिटो भइरहेको छ। अहिले हामी सबैसँग बयान लिइरहेका छौं,' उनले भने।

क्लबका एक संचालक पृथु भए पनि मार्समेलोलाई ल्याएर कार्यक्रम गर्ने आयोजक भने रितेश मारवाडी र राजेश महर्जन थिए। आयोजक दुवैलै अहिलेसम्म प्रहरीमा मुख खोलेका छैनन्। दुवै जनाले विभिन्न बहाना देखाएर बयान दिन आनाकानी गरेपछि अनुसन्धानको समय लम्बिँदै गएको हो । आयोजकले बयान नदिएपछि पृथु तथा अन्यको बयान लिइने प्रहरीले जनाकारी दिएको छ। इपिएल सकिँदासम्म पृथुको अनुसन्धान सकिने हो या होइन भन्न सकिन्न। 

उनीहरु विरुद्ध ठगी गरेको भन्दै उजुरी दिनेको सङ्ख्या बढ्दै गएको प्रहरीको दावी छ। प्रहरीले ठगी अभियोगमा अदालतबाट २४ दिनसम्मको म्याद थप गरी अनुसन्धान गर्न सक्छ। अनुसन्धानमा प्रहरीले प्रमाण प्रयाप्त प्रमाण जुटाउन सकेमात्र अदालतमा मुद्धा दर्ता हुन्छ। पृथुसहित सञ्चालकहरु जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ लगायतलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। अदालतबाट दोषी देखिए पृथुको टिमको पारी मात्र हैन उनको करिअरकै विकेट गिर्न सक्छ।

उता पृथुको टिम चितवन इपीएल को  लिग चरणबाटै बाहिरिने खतरामा छ। चितवनले अब भोली ललितपुर प्याट्रिओट्स तथा अन्तिम खेलमा भैरहवा ग्लाडिएटर्ससँग खेल्नेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell