PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

सुपर ग्यास उद्योगको आगलागीका एक घाइतेकाे मृत्यु, मृतकको संख्या तीन पुग्यो



पहिलोपोस्ट

सुपर ग्यास उद्योगको आगलागीका एक घाइतेकाे मृत्यु, मृतकको संख्या तीन पुग्यो

वीरगंज :  वीरगंजको सुपर ग्यास उद्योगमा भएको आगलागीमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

आगलागीमा परी घाइते भएका अग्नि नियन्त्रक संजीव नेपालको आज उपचारका क्रममा काठमाडौंको कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो।

योसँगै आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। आगलागीबाट बारुणयन्त्रका कर्मचारी यादवप्रसाद अधिकारी र मधुसुदन मिश्रको यसअघि नै मृत्यु भएको थियो। अर्का घाइते दमकल चालक अरुणकुमार महतोको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell