PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

माओवादी र एमालेबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति : प्रचण्ड



राजेन्द्र आचार्य

माओवादी र एमालेबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति : प्रचण्ड

भरतपुर :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादीबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका छन्।

प्रेस सेन्टरले चितवनको भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिले सरकार गठनको विषयमा अन्तिम टुंगो लगाउने भएपनि सरकारको नेतृत्व भने आलोपालो गर्ने सैद्धान्ति सहमति भएको स्पष्ट पारे।

उनले भने,‘सम्भवत भोलि एकता संयोजन समितिको बैठक बसेर टुंगो लगाउँछौं, ओली र म बीच आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको हो।’

प्रचण्डले भोलि नै काठमाडौं फर्किएर सरकार निर्माणको विषयमा वाम गठबन्धनले निर्णय गर्ने बताए। उनले आज पाँच दलबीच भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएपनि सहमतिका लागि सबै दल लचिलो बन्नुपर्ने बताए।

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै शीर्ष नेतालाई फोन गरेपछि आज पाँच दलको बैठक बस्नु संयोग मात्रै भएको भन्दै बैठक बस्ने कुरा यसअघि नै भएको स्पष्ट पारे। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell