PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

क्याटालोनियाको निर्वाचनमा एकता पक्षीय दलको जित



पहिलोपोस्ट

क्याटालोनियाको निर्वाचनमा एकता पक्षीय दलको जित
फोटो श्रोतः zeenews.com

बार्सिलोना :  क्याटालानको क्षेत्रीय निर्वाचनमा यहाँको एकतापक्षीय दलले बढी मत प्राप्त गरेको छ। 

क्याटालानका पृथकतावादी दलले निर्वाचनमा हार व्यहोरेको बताइएको छ। बिहीबार भएको क्याटालानको क्षेत्रीय निर्वाचनमा यहाँको दल क्लाउडिसले २५ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ। 

उक्त दलको नेतृत्वको तीन दलीय गठबन्धनले १३५ स्थानमध्ये ६८ स्थानमा विजय हासिल गरेको छ। यो संख्या स्पष्ट बहुमत भएकोले उनीहरुले सरकार गठन गर्न पाउने भएका छन्। 

यो विजयबाट अब क्याटालोनियाको स्वतन्त्रताको कुरा छायामा परेको मात्र नभइ यहाँको उक्त अभियानमा पनि ठेस लागेको बताइएको छ। 

स्वतन्त्रताका पक्षधर नेताहरुले एकतर्फी रुपमा आफ्नो यसअघिको स्वतन्त्रताको घोषणालाई नै अब अनुमोदन गर्नसक्ने अवस्था नरहेको यो परिणामले देखाएको छ। रासस/एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell