PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

सुपर ग्यास आगलागी छानबिन गर्न ६ सदस्यीय समिति गठन



पहिलोपोस्ट

सुपर ग्यास आगलागी छानबिन गर्न ६ सदस्यीय समिति गठन

काठमाडौँ :  वीरगंज महानगरपालिका–२२ सुखचैनास्थित सुपर ग्यास उद्योगमा भएको भीषण आगलागीबारे छानबिन गर्न आपूर्ति मन्त्रालयले ६ सदस्यीय समिति गठन गरेको छ। 

मन्त्रालयले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशकको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो। 

समितिमा उद्योग विभागका उपसचिव (प्राविधिक), नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक उपसचिव (प्राविधिक), नेपाल आयल निगमका निर्देशक (एलपिजी विभाग) तथा नेपाल आयल निगमका प्रबन्धक (एलपिजी विभाग) सदस्य रहेको आपूर्ति मन्त्रालयलका सहसचिव/प्रवक्ता मुकुन्दप्रसाद पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

समितिलाई दुर्घटनाको कारण पत्ता लगाई दोषीमाथि कारबाहीको सिफारिश गर्ने र भविष्यमा यस्ता दुर्घटना हुन नदिन अपनाउनुपर्ने सुरक्षाका उपायका बारेमा राय सुझावसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन गरिएको हो। 

उद्योगमा बुधबार भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको थियो भने करोडौंको क्षति भएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell