PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

राजनीतिक गतिरोध अन्त्य गर्न कांग्रेसलाई राष्ट्रपतिको आग्रह



पहिलोपोस्ट

राजनीतिक गतिरोध अन्त्य गर्न कांग्रेसलाई राष्ट्रपतिको आग्रह

काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान, ऐनकानुन र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै वर्तमान गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गरेकी छन्। 

राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालगायत कांग्रेसका शीर्ष नेतासँग भएको भेटमा राष्ट्रपतिले गतिरोध अन्त्यका लागि आग्रह गरेकी हुन्। 

भेटमा उनीहरुबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलगायत मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell