काठमाडौं : एभरेष्ट प्रिमियर लिग अनर्गत शुक्रवार भएको पहिलो खलमा पोखरा राइनोजले काठमाडौं किंग्स-११ लाई ६ विकेटले पराजित गरेको छ।
लो स्कोरिङ खेलमा ९९ रनको सामान्य लक्ष्य पोखराले १८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।
४ खेल खेलिसक्कदा ३ हार बेहोरेको काठमाडौंको प्लेअफ सम्भावना कमजोर बनेको छ। ललितपुर प्याट्रिओट्स र भैरहवा ग्लाडिएटर्ससँग समान ७ विकेटले पराजित भएको काठमाडौंले चितवन टाइगर्सलाई ३ विकेटले हराउँदै पहिलो जित हात पारेको थियो।