PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

जुम्ल्याहा राणा दिदी-बहिनी च्याम्पियन



पहिलोपोस्ट

जुम्ल्याहा राणा दिदी-बहिनी च्याम्पियन

काठमाडौं : जुम्ल्याहा दिदी–बहिनी मायांका र माहिका राणाले १५औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यू-१८ गर्ल्स डबल्सको उपाधि शुक्रबार जितेका छन्।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनलमा उक्त जोडीले अभिलाषा विष्ट र विजिशा श्रेष्ठको जोडीलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरे।

सोही स्पर्धाको ब्वाइजमा दाई संरक्षणभूषण वज्राचार्य र भाई सम्यकको जोडीले उपाधि जिते। फाइनलमा दाई–भाई जोडीले प्रणव खनाल र आदित सुवेदीको जोडीलाई ६–३, ६–४ को सेटमा हराए।

मायांकाले यू-१८ गर्ल्स सिंगल्समा समेत फाइनलमा पुगेकी मायांकाले उपाधिका लागि प्रतियोगिताको अन्तिम दिन शनिबार प्रेरणा कोइराला विरुद्ध प्रतिस्पर्धा गर्नेछिन्। यस्तै यू–१८ ब्वाइज सिंगल्स फाइनलमा संरक्षकभूषण वज्राचार्यले प्रणव खनालसँग खेल्नेछन्।

यू-१८ गर्ल्स डबल्सको फाइनलमा पराजित अभिलाषा विष्ट यू–१४ गर्ल्स सिंगल्सको उपाधि जितिन्। फाइनलमा अभिलाषाले इशाश्री शाहमाथि ६–४, ६–४ ले पराजित गरिन्।

त्यस स्पर्धाको ब्वाइजमा आदित सुवेदी पहिलो भए। यू-१८ ब्वाइज डबल्सको फाइनलमा पराजित भएका उनले फाइनलमा निशान श्रेष्ठलाई ६–०, ६–० ले सहजै पन्छाए।

यू-१० गर्ल्स सिंगल्समा इभा अधिकारी पहिलो भइन्। इभाले फाइनलमा सुनिरा थापालाई ६–०, ६–३ ले हराइन्। सो स्पर्धाको ब्वाइज फाइनलमा आरभसम्राट हाडाले प्रणव मानन्धरलाई ६–०, ६–३ को सेटमा निराश पार्दै स्वर्ण जिते।

यू-१० गर्ल्स सिंगल्समा हारेपद्दि यू-९ गर्ल्स सिंगल्समा सुनिरा थापा च्याम्पियन बनिन्। सुनिराले फांइनल प्रशंसा मोक्तानलाई ४–१, ५–३ ले हराइन्। त्यसै स्पर्धाको ब्वाइजमा सक्षमविक्रम शाह पहिलो भए। उनले फाइनलमा आयुशमान हजुर घलेमाथि ४–२, ४–० को सहज जित दर्ता गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell