PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

खप्तड गोल्डकप पुस २१ देखि हुने, विजेतालाई ११ लाख ११ हजार १११



पहिलोपोस्ट

खप्तड गोल्डकप पुस २१ देखि हुने, विजेतालाई ११ लाख ११ हजार १११

काठमाडौं : सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितालाई चौधरी ग्रुपको नेपाल आइसले मुख्य प्रायोजन गर्ने भएको छ।

आयोजक क्लबका अध्यक्ष सुरेश हमाल र चौधरी ग्रुपका सिनियर मार्केटिङ म्यानेजर प्रदीप पुडासैनीले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर गरे। प्रतियोगिता पुस २१ देखि माघ १ गतेसम्म धनगढीस्थित क्षेत्रीय रंगशालामा हुनेछ।

प्रायोजनसँगै प्रतियोगिता ‘अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप’ को नाममा सञ्चालन हुनेछ।

दोश्रो संस्करण यस प्रतियोगितामा दुई विदेशीसहित १२ टिमको सहभागिता रहने अध्यक्ष हमालले जानकारी गराए। प्रतियोगिताको पुरस्कार राशी पनि दोब्बर भन्दा बढीले बृद्धि गरिएको छ। यसपटक विजेताले ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ पाउनेछ भने उपविजेतालाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिनेछ। गत संस्करणको विजेता मनाङ मर्स्याङदीले ५ लाख रुपैयाँ पाएको थियो।

यसैगरी सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ भने विधागत उत्कृष्टतर्फ गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी र सर्वाधिक गोलकर्ता प्रत्येकले २५ हजार नगद पुरस्कार पाउनेछन्। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले १० हजार रुपैयाँ पाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell