PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

इन्टरनेशनल ब्याडमिन्टन सिरिज : दीपेश धामी क्वाटरफाइनलमा पराजित, डबल्सतर्फ नेपाली खेलाडीलाई सफलता



पहिलोपोस्ट

इन्टरनेशनल ब्याडमिन्टन सिरिज : दीपेश धामी क्वाटरफाइनलमा पराजित, डबल्सतर्फ नेपाली खेलाडीलाई सफलता

काठमाडौं : काठमाडौंमा भइरहेको योनेक्स सनराइज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिज सिंगल्सतर्फ नेपाली खेलाडीको चुनौती क्वाटरफाइनलबाटै समाप्त भएको छ।

नेपालबाट सिंगल्सतर्फ क्वाटरफाइनल पुगेका दीपेश धामी मेन्स सिंगल्समा शुक्रवार भारतीय खेलाडी राहुल बर्दवाजसँग २१-१४, २१-११ ले पराजित भए।

शुक्रवारै भएको प्रिक्वाटरफाइनलमा धामीले भारतकै हार्दिक मख्खरलाई २-१ को सेटमा हराउदै क्वाटरफाइनल यात्रा तय गरेका थिए। त्रपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको खेलमा धामीले हार्दिकलाई २१-१३, १७-२१, २१-१७ ले पराजित गरेका थिए। तर उनी क्वाटरफाइनबाट अगाडी बढ्न सकेनन्।

राहुलसँगै भारतका एल सराङ र एस जैसवाल तथा भिएतनामका ले डक फाट मेन्स सिंगल्सको सेमिफाइनलमा प्रवेश गरेका छन्।  

शुक्रवारै भएको मेनस सिंगल्समा नेपालका नम्वर वान खेलाडी रत्नजित तामाङ र साजन कृष्ण ताम्राकार प्रिक्वाटरफाइनलमा पराजित भए। तामाङ भारतीय खेलाडी ए यादवसँग २१-१२, २१-१६ ले तथा ताम्राकार इन्डोनेसियाका ए मार्टिनसँग २१-५, २१-११ ले पराजित भए।

वुमन्स सिंगल्सतर्फ भने नेपाली खेलाडीको चुनौती बिहीबारै समाप्त भइसकेको छ।

मेन्स डब्लसतर्फ नेपालका सन्जिव खड्का र सुदिप सेडाईँ क्वाटर फाइनलमा प्रवेश गरेका छन्। यो जोडीले नेपालकै गौतम कठायत र सुनिल जोशीको जोडीलाई २१-१९, २१-१७ ले हराए।

नेपालका प्रिन्स दाहाल र विकेक श्रेष्ठ, इर्फान अन्सारी र बिलाल वारिस तथा निरविक्रम देवकोटा र सुमन लिम्बुको जोडी पनि प्रिक्वाटरफाइनलमै पराजित भए।

सिंगल्समा पराजित भएपनि मिक्स डबल्सतर्फ नेपालका दिदी भाई नङ्सल र रत्नजित तामाङ तथा दीपेश धमी र शोभा गौचन क्वाटरफाइनलमा प्रवेश गरेका छन्। तामाङ दिदीभाई जोडीले भारतका मुथयल शिव कुमार र वर्षा भि वेलावडीको जोडीलाई २१-९, २१-१४ ले हराए भने दिपेश र शोभाले नेपालकै सन्जिव खड्का र रशिला महर्जनलाई २१-१३, २१-१३ ले पराजित गरे।

नेपालका दीपक बोहरा र अनुमाया राई, गौतम कठायत र सीता राई तथा बिजित थापा मगर पुजा श्रेष्ठको जोडी भने प्रिक्वाटरफाइनलमै पराजित भए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell