PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

रोहितको कीर्तिमानी शतक, भारतले जित्यो टी-२० सिरिज



पहिलोपोस्ट

रोहितको कीर्तिमानी शतक, भारतले जित्यो टी-२० सिरिज

रोहित शर्माले टी-२० क्रिकेटमा सबैभन्दा कम बलमा शतक प्रहार गर्ने डेभिड मिलरको कीर्तिमान बराबरी गरेको खेलमा भारतले श्रीलंकालाई ८८ रनले पराजित गरेको छ।

दोस्रो टी-२० खेल जितेसँगै भारतले श्रीलंका विरुद्धको तीन खेलको टी-२० सिरिज जितेको छ।

इन्डोरेमा २६१ रनको उच्च स्कोर पछ्याएको श्रीलंकाले १७.२ ओरमा १७२ रनमा अलआउट भयो।

टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले कप्तान रोहितको शानदार शतक मद्दतमा ६ विकेट गुमाएर २६० रन बनाएको थियो। टी-२० इन्टरनेशनलमा यो दोस्रो सर्वाधिक स्कोर हो। गत वर्ष श्रीलंका विरुद्ध नै अष्ट्रेलियाले २६३ रन बनाएको थियो।

ओपनिङ गरेका रोहितले ३५ बलमै शतक प्रहार गर्दै मिलरको कीर्तिमान बराबरी गरेका हुन्।

उनले ४३ बल खेल्दै १२ चौका र १० छक्काको मद्दतमा १०८ रन बनाए। टी-२० इन्टरनेशनलमा मा दुई शतक बनाउने रोहित पाँचौ खेलाडी बनेका छन्। यसअघि वेष्ट इन्डिजका क्रिस गेल र एभिन लेविस तथा न्यूजिल्याण्डका ब्रेण्डन म्याकुलम र कोलिन मुनरोले उक्त सफलता हात पारिसकेका छन्।

यस्तै भारतका लागि लोकेश राहुलले ४९ बल खेल्दै ५ चौका र ८ छक्काको मद्दतमा ८९ रन बनाए। महेन्द्र सिंह धोनीले २८ तथा हार्दिक पाण्ड्याले १० रन जोडे। श्रीलंकाका नुवान प्रदिप फर्नान्डो र थिसारा परेराले २-२ विकेट लिए।

२६१ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले ओपनर नरोसान डिकवेला २५ लाई पाँचौ ओभरमा गुमाएको थियो। तर कुशल परेरा  र उपु थरंगाले उत्कृष्ट ब्याटिङ गर्दै श्रीलंकालाई लक्ष्यतर्फ डोहोर्‍याएका थिए। यी दुईले दवस्रो विकेटका लागि ११९ रनको साझेदारी समेत गरे।

तर थरंगा १४औँ ओभरमा दोस्रो बलमा आउट भएपछि श्रीलंकाले निरन्तर विकेट गुमायो। परेराले ३७ बलमा ४ चौका र ७ छक्काको मद्दतमा सर्बाधिक ७७ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।

श्रीलंकाले पछिल्लो २७ रन जोड्दा ९ विकेट गुमाएपछि भारतले फराकिलो जित हात पारेको हो। भारतका लागि सुरुमा धेरै रन खाएपनि युजभेन्द्र चाहलले ४ तथा कुलिदप यादवले ३ विकेट लिए। ४ ओभर बलिङ गरेका दुवैले समान ५२ रन खर्चे। यस्तै जयदेव उनादकाट र हार्दिक पाण्ड्याले १-१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell