PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते



पहिलोपोस्ट

धनगढी :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको मुडाबजार सडकखण्डमा आज बिहान ना ६ ख १९९० नम्बरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार सडकबाट चिप्लिएर छेउको नालीमा ठोक्किएर भएको ट्रक दुर्घटनामा चालक दाङ लमहीका हरिप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

सहचालक लमही नगरपालिकाकै अनिल चौधरी गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ। 

दाङबाट सिमेन्ट लिएर धनगढीतर्फ गइरहेको गरेको ट्रक आज बिहान बाक्लो हुस्सुका कारण अचानक चिप्लिएर दुर्घटना भएको थियो।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell