PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

भारतको राजस्थानमा बस दुर्घटना, मृतककाे संख्या ३२ पुग्यो



पहिलोपोस्ट

भारतको राजस्थानमा बस दुर्घटना, मृतककाे संख्या ३२ पुग्यो

नयाँदिल्ली :  भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ। शनिबार बिहान भएको दुर्घटनामा परी अन्य १८ जना घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन्। 

उनीहरुका अनुसार राजस्थानको प्रान्तीय राजधानी जयपुरबाट १५० किलोमिटर टाढा पर्ने सवै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा नदिमा खसेर बस दुर्घटना भएको हो। 

बनास नदीमा खसेको बसमा ५० जना यात्रु रहेका थिए। नदीको पुल तर्ने क्रममा बस नदीमा खसेको हो। बस चालकले नियन्त्रण गुमाएर नदीमा खसेको प्रहरी अधिकारीहरुले बताएका छन्। 

नदीबाट २० जनाको शव बाहिर निकालिएको छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ। घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell