PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

आँधीमा परी फिलिपिन्समा ७४ जनाको मत्यृ, कैयौँ बेपत्ता



पहिलोपोस्ट

आँधीमा परी फिलिपिन्समा ७४ जनाको मत्यृ, कैयौँ बेपत्ता
फोटो श्रोतः en.prothom-alo.com

मनिला :  फिलिपिन्समा शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको छ। 

फिलिपिन्सको दोस्रो ठूलो टापुका रुपमा चिनिने मिन्दानाओमा आएको आँधीका कारण अरु कैयौ बेपत्ता भएका अधिकारीले जानकारी दिएका छन्।  

आँधीका कारण ५० हजारभन्दा बढी विस्थापित भएका छन्। उद्धारकर्मीले केही शव बाहिर निकालेका छन् भने, महिला, बालबालिकालगायतका घाइतेलाई उद्धार गरिरहेका छन्। सयौँ घरहरु ध्वस्त भएका छन् भने कतिपय गाउँ नै सखाप भएका छन् । 

फिलिपिन्समा हरेक वर्ष झण्डै २० वटा आँधी आउने गरेको छ। आँधीका कारण सयौँ व्यक्तिको मृत्यु हुनेगरेको छ। अहिलेको आँधीले कारण पनि लाखौं मानिस प्रभावित भएका छन्। 

यसअघि सन् २०१३ को नोभेम्बरमा आएको ‘हैयान’ नामक आँधीमा परी सात हजार ३५० को मृत्यु भएको थियो। रासस/एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell