PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

अछामको रामारोशन गाउँपालिकाका अध्यक्षले फलाए एक रोपनी खेतमा ८ क्विन्टल कालो धान 



पहिलोपोस्ट

अछामको रामारोशन गाउँपालिकाका अध्यक्षले फलाए एक रोपनी खेतमा ८ क्विन्टल कालो धान 
फोटो श्रोतःndtv.com

अछाम : अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले रोपेको कालो धानको उत्पादन निकै राम्रो भएको छ। एक रोपनी खेतमा रोपेको कालो धानको उत्पादन आठ क्विन्टल भएको उनले बताए। 

यो वर्ष परीक्षणका लागि एक रोपनीमा कालो धान रोपेको भन्दै साउदले अब कालो धानको खेतीलाई थप बिस्तार गरिने बताए। यसलाई व्यावसायिक रूपमै अगाडि बढाउनका लागि अब १४ रोपनीमा कालो धान लगाउने सोच बनाएको उनको भनाइ छ। 

खेतीयोग्य जमिनमा जहाँ पनि फल्ने कालो धानलाई असिना पानीले समेत कुनै असर नगर्ने र पाकिसकेपछि थ्रेसर मेसिनबाट मात्रै झार्न सकिने साउदको भनाइ छ। 

किसानलाई कालो धानको बीउ वितरण गरी यो गाउँपालिकामा व्यावसायिक रूपमा यसको उत्पादन गर्ने योजना रहेको उनले जानकारी दिए।

बढी प्रोटिन प्राप्त हुने कालो धानको चामल स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ। यसको भात खाएमा चिनी रोग र उच्च रक्तचापसमेत निर्मूल हुने स्वास्थ्यकर्मीले बताएका छन्।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell